९ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस पशुपतिमा आरती र दीप प्रज्वलन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो शनिबार २२ औं स्थापना दिवस मनाएको छ ।
त्यस अवसरमा एनआरएनएले स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।
कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे ।
सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुका बिचमा एकताको आवश्यकता रहेको बताए। त्यसकालागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले गत भदौ २३–२४ को जेनजी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैले ब्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए।
उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरे।
संघका कोषाध्यक्ष ठाकुर ढुंगानाले जेनजी आन्दोलन पछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको जानकारी गराउदै बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।
‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना गरिएको एनआरएनका ८० भन्दा बढी मुलुकमा शाखा हरु रहेका छन् ।

संघले एनआरएन दिवसकै अवसरमा शनिबार नै बग्गीखानमा चियापान कार्यक्रम आयोजान गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि