२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

लागुऔषध नियन्त्रण तथा पुनस्र्थापना अनुगमन समितिले गर्यो सिआन पुनस्र्थापना केन्द्रको वार्षिक अनुगमन

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण तथा पुनस्र्थापनाको अनुगमन समितिले बिहीबार हेटौंडा–९ स्थित सिआन पुनस्र्थापना केन्द्रको वार्षिक अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलको नेतृत्वमा भएको अनुगमनमा हेटौंडा अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए ।

अनुगमन टोलीका अनुसार सिआन पुनस्र्थापना केन्द्रले सधैंजसो सन्तोषजनक नतिजा देखाउँदै आएको छ । वर्षमा एकपटक गरिने यो अनुगमनमा जग्गाको मापदण्ड, स्वास्थ्यकर्मीहरूसँगको सहकार्य, सेवा–सुविधा, खाना, सरसफाइ, र मेडिकल व्यवस्थाको समग्र मूल्याङ्कन गरिन्छ ।

अनुगमनमा संलग्न टोलीका सदस्यहरूले मकवानपुरका सातवटा पुनस्र्थापना केन्द्रहरूमध्ये सिआन केन्द्रले सबैभन्दा राम्रो सेवा दिएको भन्दै प्रशंसा गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि