२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।

संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सांसद कोइरीको पत्र प्राप्त भएको पुष्टि गरे । ‘पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा छ’, उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि