२५ आश्विन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याईले बनेको भन्दै संसद भंग गर्ने पूर्वसर्त राखेर कार्की प्रधानमन्त्री भएको आरोप लगाएका हुन् ।

उनले भने,‘अहिले देशमा सरकार छ । तर संविधान अनुसार बनेको छैन् । बलमिच्याईले बनेको सरकार छ । अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो । तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भंग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो । संसद भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।’

त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे । अर्थतन्त्रमा बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको ठम्याई छ ।

‘देश र देशको सार्वभौमसत्तामाथि हमला छ । देशको भौगोलिकता माथि हमला छ । देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यसकारण पनि हमला भइरहेको छ,’उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि