विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङमा पनि मृत्युका घटना भएका छन् ।
प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जनाघाइतेको उपचार भइरहेको छ भने केहीअझै बेपत्ताछन् ।
यसबीच, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मत कुमार कार्की विपत्ति निम्तिँदा काठमाडौँमै रहेका थिए । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता रेवती भण्डारीका अनुसार प्लेन नचल्दा मुख्यमन्त्री फर्कन नसकेको बताए ।
भण्डारीले भने, ‘मुख्यमन्त्रीकै निर्देशन अनुसार हामी कार्यरत छौँ । जनप्रतिनिधि जनताकै बीचमा छन् र राहतकार्य तीव्र रूपमा भइरहेको छ ।’
उनका अनुसार कोशी प्रदेश सरकारले तत्काल आवश्यक राहत सामग्री प्रभावित जिल्लामा पठाइसकेको छ । नेपालप्रहरी, सशस्त्रप्रहरी र नेपाली सेनासँग समन्वय गरी उद्धार र राहतकार्य सञ्चालन भइरहेको उनले जनाए ।
भण्डारीले थपे, ‘हाम्रो मन्त्रालयले सबै १४ जिल्लाकाविपद् व्यवस्थापन संयन्त्रसँग समन्वयगर्दै काम गरिरहेको छ । अप्रत्याशित क्षति भएपनि जोखिम क्षेत्रमै केन्द्रितभएर प्रतिकार्य अघि बढाएका छौँ ।’
उनकाअनुसार पीडितको विस्तृत विवरणप्राप्तभएपछि राहतवितरण र पुनःस्थापनाकाकार्य सुरु गरिनेछ, र मन्त्रालयकाकर्मचारीहरूलाई मागअनुसार सामग्रीपठाउने तयारी अवस्थामा राखिएको छ ।