२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

धनगढीको जग्गा प्लटिङ कार्यविधीविरुद्ध सर्वोच्चमा रिट दायर

८ पुस, धनगढी । धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधीबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उपमहानगरपालिकाले ल्याएको कार्यविधीविरुद्ध कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उक्त कार्यविधी खारेज सम्बन्धी परमादेश माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार ११ पुसमा पेशी तोकेको छ । धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल समेतलाई विपक्षी बनाएर रिट दायर गरिएको अवस्थीले जानकारी दिएका छन् ।

धनगढी उपमहानरपालिकाले २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधीमा जग्गाको प्लटिङ गर्दा सडकको चौडाई कम्तीमा १० मिटरको हुनुपर्ने उल्लेख गरिएको छ ।

उक्त कार्यविधिमा नगर प्रमुख हमालले एकलौटी गरेको भन्दै वडाध्यक्षसहितका कार्यपालिका सदस्यहरु विरोधमा उत्रिएका छन् भने नगर प्रमुख हमालले सबैको सहमतीमा कार्यपालिका बैठकबाट पारित गरेको दाबी गर्दै आएका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको