२६ आश्विन २०८२, आईतवार
कर्णाली मुख्‍य समाचार समाचार

आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु

सिमकोट, हुम्ला, ८ असोज : भौगोलिक रुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो । दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठ वटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए ।

यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा असजिलो हुने गरेकामा नयाँ र सुविधासम्म भवन निर्माण पछि सहज भएको उनले बताए ।

यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयोग गरेको सौर्य ऊर्जाले काम गर्न झनै सहज बनाएको उहाँको भनाइ छ । विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ । हाल वडा कार्यालयमा एक वडा सचिव र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।

सो वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनदेखि सेवा प्रवाह हुन थालेपछि सजिलो अनुभव गरेको बताए । यो भवन रु ७४ लाखमा निर्माण गरिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि