२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड

रामेछाप ।  नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ ।

मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् । यसैगरी काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने क्रम बढेसँगै बजार केन्द्रमा चाप बढेको छ ।

अन्य पसलहरूसँगै कपडा, जुत्ता–चप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भिड देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो व्यापार भएको शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ता बताउँछन् । अघिल्लो वर्ष दशैँको मुखमा ठुलो बाढी पहिरो आएर रामेछाप काभ्रे लगायतका क्षेत्रमा ठुलो धनजनको क्षति भएपछि व्यापार निक्कै कम भएका थियो ।

मन्थली बजारमा सामान किन्न मन्थली नगरपालिकाको साथै रामेछाप, लिखु तामाकोशी, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा लगायता स्थानीय तहका मानिसहरू आउने गरेका छन् । बजारमा बिहानदेखि साँझसम्म किनमेल गर्ने मानिसहरूको भिड देखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि