२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा अन्य प्रदेशको पहाडी र तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि