२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

दुई महिनादेखि जोखिमपूर्ण यात्रागर्दै बगरवासी

म्याग्दी बेनी, ६ असोजः म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगर र जेल्टुङ गाउँवासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ–नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भ¥याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता आएको हो ।

गत असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्ण रुपमा बगाएर लगेको स्थानीय कैलास आधारभूत विद्यालयका शिक्षक जगलाल हर्मेलले जानकारी दिए । उनका अनुसार, ठाडो खोल्साबाट आएको बाढीपहिरोले बाटोको बेस नै नरहने गरी बगाएपछि स्थानीयवासीले आवतजावतमा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । दैनिकजसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि जनजीवन नै कष्टकर बनेको छ ।

बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पु¥याउनसमेत सकस भएको धवलागिरि गाउँपालिका–४ का वडा सदस्यसमेत रहेका स्थानीय अगुवा हरिप्रसाद तिलिजाले बताए । उनले भने, ‘‘हामीले दिनहुँजसो पहिरोग्रस्त ठाउँमा मर्मत गरी जोखिम मोलेर वारपार गर्दै आएका छौँ, बालबालिका, महिला र ज्येष्ठ नागरिक आवतजावत गर्न मुस्किल छ ।

जेल्टुङ र बगर गाउँमा करिब ७० घरधुरीको बसोबास रहेको छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेहरुसमेत गाउँ पुग्ने बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रिय धौलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।

शरदयामको लागि हिमाल आरोहण र चक्रिय धौलागिरि पदयात्राका लागि आउन लागेका पर्यटकले यो बाटोको विकल्पकारुपमा मार्फा हुँदै आधारशिविर पुग्ने र हेलिकप्टरमार्फत जान सुरु गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि