२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत

बाजुरा ।  बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पूर्वसन्ध्यामा स्थानीयहरुले राँगा जुधाएर दशैको स्वागत गरेका हुन् ।

हिन्दुहरुको महान् पर्व विजयदशमिको घटस्थापनाको पहिलो दिन भगवतीको पुजाआराधना गरि घरघरमा जमरा राखि दशैंको शुभारम्भ गरिन्छ । तर बाजुरामा भने एकआपसमा राँगा जुधाएर दशंैको शुभारम्भ गरिएको हो ।

बाजुराको सदरमुकाम मार्तडी स्थिति बडीमालिका नगरपालिका वडा.नं. ८ बाउलीमा मार्तडीबासीहरुले एकआपसमा राँगालाई जुधाएर दशैँको स्वागत गरेका हुन् ।

हरेक बर्ष झैँ यस बर्ष पनि राँगा जुधाएर महान चाड बडादशैंको स्वागत गरिएको बडिमालिका नगरपालिका वडा नम्बर ८ का स्थानीय धने थापाले बताए ।

यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाईएका हुन्। जसमा थापाबाडिको राँगाले जितेको हो ।

लेकबाट औलतिर भैसीहरु झारिसके पछि एकआपसमा कसको राँगामा कति बल छ,कसले राम्रोसँग पालन गरेको छ भन्ने कुरा प्रष्ट पार्न घटस्थापनाको अघिल्लो दिन जुधाईने प्रचलन रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि