२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

जेनजी प्रदर्शनका क्रममा दार्चुलाका आठ वटा कार्यालयमा क्षति

नौगाड दार्चुला, ५ असोजः दार्चुलामा ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाकाअनुसार हालसम्म आठ वटा कार्यालयमा क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकीन विवरण भने हालसम्म सङ्कलन हुन सकेको छैन ।

गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रदर्शनका क्रममा कांग्रेसको पार्टी कार्यालयमा रु ६५ हजार नगदसहित जिन्सी, भौतिक संरचनालगायत सम्पूर्ण सामग्री नष्ट गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले को कार्यालयभित्रका कम्प्युटर, अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को कार्यालयमा रहेको सहिद प्रतिष्ठानमा करिब रु ९९ हजार बराबरको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्ला कारागार कार्यालयमा दुई वटा सिसी क्यामेरासहित करिब रु ५१ हजार ५०० बराबरको क्षति पुगेको छ । गोकुलेश्वर अस्पतालमा क्षति पु¥याए पनि कति लागत बराबर क्षति पुग्यो भनेर विवरण पेस भएको छैन, उनले भने ।

गत भदौ २६ गते दुहुँ गाउँपालिका–३ को कार्यालयमा आगजनी हुँदा चारकोठे भवनसहित वडा कार्यालयको एउटा कोठा जलेर नष्ट भएको छ । वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा क्षति पुुगेको छ । वडा कार्यालयमा रु ७२ लाख छ हजार ७०० बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यसैगरी, गत भदौ २८ गते शैल्यशिखर नगरपालिका–२ को वडा कार्यालयमा तोडफोड गरिएको थियो । प्रजिअ पौडेलका अनुसार तोडफोडबाट वडा कार्यालयभित्रका सम्पूर्ण सामान नष्ट गरिए पनि क्षतिको रकम खुलाइएको छैन ।

लेकम गाउँपालिका–५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेका प्रशासनले जनाएको छ । प्रदर्शनपछि अहिले सबै ठाउँबाट नियमित सेवा सञ्चालन भइरहेको उनले उल्लेख गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि