२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

गण्डकीमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

कास्की, ५ असोजः गण्डकी प्रदेशमा जेनजीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक तथा निजी भौतिक संरचनाको शनिबारदेखि प्रारम्भिक अध्ययन तथा मूल्याङ्कन सुरु भएको छ ।

नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले प्रदेश सरकारसँगको सहकार्यमा यही भदौ २३ र २४ गते प्रदर्शनका क्रममा आगजनी गरी क्षति पुगेका संरचनाको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन र्यापिड भिजुअल ड्यामेज एसेसमेन्ट आरभीडीए अभियान सुरु गरेको हो । यस अभियान अन्तर्गत गण्डकी प्रदेशमा तहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनको स्थलगत निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरिने एसोसिएसनका सभापति सन्तोष जिसीले बताए । उनका अनुसार इञ्जिनियरहरूको छवटा छुट्टाछुट्टै समूह गठन गरेर क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन थालिएको गरिएको छ।

प्रत्येक टोलीमा एक टोली नेता र पाँच जनासम्म सदस्य रहेका छन् । प्रत्येक टोलीको कार्यक्षेत्र, निरीक्षण क्षेत्र र जिम्मेवारीसमेत तोकिएको एसोसिएसनले जनाएको छ । यस अभियानबाट क्षतिको वास्तविक विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

सभापति जिसीले भने, प्रभावित संरचनाको वर्तमान अवस्थामा सुरक्षित छ वा छैनन् भन्ने निर्धारणका लागि तत्काल प्राविधिक परीक्षण आवश्यक छ । हामीले सुरु गरेको यस अभियानले गण्डकी प्रदेशका सरकारी भवनको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी दिनमा पुनःनिर्माणको योजनाका लागि प्राविधिक आधार तयार गर्नेछ ।

त्यसैगरी, अभियानबाट सङ्कलन भएको तथ्याङ्क तथा जानकारी आगामी चरणमा आवश्यक पुनःनिर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । जेनजी प्रदर्शनका क्रममा प्रदेशमा सबैभन्दा बढी क्षति पोखरामा भएको छ । मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय, जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालत लगायत पाँच दर्जन भन्दा बढी कार्यालयमा आगजनी र तोडफोड भएको छ । प्रदर्शनका क्रममा आगजनीमा परेर पोखरामा तीन जनाले ज्यान गुमाएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि