९ फाल्गुन २०८२, शनिबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते

मुगु ।  जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमण बाट दुई जना घाइते भएका छन् । हिमा गाउँपालिका –५ बाझगाडको भित्र बन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमण बाट दुई जना घाइते भएका हुन् ।

भालुको आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने उक्त गाउँकै ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानिय बासी दलबिर रोकायाले बताए । उनका अनुसार, अहिले रोकायालाई प्राथमिक उपचार पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको बताए ।

अहिले गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको रोकायाको भनाइ छ । स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको हो । आक्रमणको क्रममा गाई गोरु र भेडालाई पनि मारेको स्थानीयले बताएका छन्।

घटनापछि गाउँमा त्रास फैलिएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना बढिरहेको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि