९ पुष २०८२, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि नेपालमा बाल संरक्षणमा चुनौती : अध्यक्ष पौडेल

काठमाडौं । जेनजी आन्दोलनपछिको अस्थिरताले नेपालमा बाल संरक्षणको क्षेत्रमा गम्भीर असर पारेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले गहिरो व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘जेनजी आन्दोलनपछिको सन्दर्भमा नेपालमा बाल संरक्षणका लागि रणनीतिक मार्गचित्र’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पछिल्लो आन्दोलनका कारण बालबालिका र तिनीहरूका संरक्षण संस्था गम्भीर संकटमा परेको बताए ।

‘हामीले यस पटक वाल दिवसको शुभकामना पनि राम्रोसँग दिन सकेनौं । जेनजी आन्दोलनका क्रममा सिजपको कार्यालय समेत तोडफोड भयो । यस्तो परिस्थितिमा केही न केही गर्नुपर्ने महसुस गर्दै काम गरिरहेका छौं,’अध्यक्ष पौडेलले भने ।

उनका अनुसार आन्दोलनको समयमा कैदीहरू छ्यापछ्याप्ती भागिरहेका थिए, जसले गर्दा बालबालिका र महिलाको सुरक्षामा थप चुनौती थपिएको छ । ‘अहिले झनै अपराधीहरू जेलबाट बाहिर छन् । तिनीहरूबाट बालबालिका र महिला असुरक्षित हुने अवस्था सिर्जना भएको छ,’उनले भने ।

अध्यक्ष पौडेलले अपांगता भएका बालबालिका, अल्पसंख्यक समुदायका बालबालिका लगायतका समूदायहरू अझ बढी जोखिममा परेको उल्लेख गरे ।

उनले आन्दोलनपछिको समयमा बाल संरक्षणमा काम गरिरहेका संस्था र व्यक्ति समेत निष्क्रियजस्तै भएको भन्दै चिन्ता व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि