Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

 उर्जामन्त्री घिसिङको अभियानका लागि रोल्पाका ओलीले पठाए एकसय रुपैंयाँ

रातो कागज
1 घण्टा अघि

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने भनेर आवाह्न गरेलगतै आर्थिक सहयोग संकलन हुन थालेको छ ।

त्यसका लागि रोल्पाका तेज विक्रम ओलीले एक सय रुपैंयाँ दिएर अभियान सुरु गरेका हुन् ।

जेन–जी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले क्षति भएका सबै संरचना सबैले मिलेर बनाउनुपर्ने बताएका थिए ।

उक्त अभियानलाई साथ दिँदै रोल्पाका ओलीले रु १०० दिँदै सानो हात, ठूलो साथ भन्दै एक पटकको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुने बताएका छन् ।

ओलीले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत लेख्दै भनेका छन् ः

‘एकपल्टको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम………?  देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुनेछ ।

आजपनी हामी पराईको हात थापेर वा मागेर पुनः निर्माण गर्ने सपना देख्छौ भने परनिर्भर र पराधिन हुनुपर्नेछ! यसर्थ हामी स्वाभिमान र आत्मनिर्भर बन्नुपर्ने बेला भएको छ ।

सानो सहयोग पनि ठूलो परिवर्तनको जग हुन सक्छ । हामी तीन करोड नेपालीले हातेमालो गर्ने हो भने, देशलाई फेरि उठ्न बाट कसैले रोक्न सक्दैन ।

हामीले यत्ति भन्नु पर्छ कि,

देश हामी सबैको हो, बनाउने पनि हामीले नै हो! यदि प्रत्येकले रु. १०० दियौंभने, एकैपल्टमा ३ अर्ब रुपैयाँ जुट्छ र हामी सबैको साझा लगानीमा पुनः ठडिने छ,सिंहदरबार ! एउटा खाता खोल्यौ – देशको लागि । अब, एउटा सन्देश फैलाऔं – जिम्मेवारीको । एउटा कदम चालौं – आशाको । अरु ‘कोही’ होइन, हामी सबै मिलेर गर्नुपर्छ’ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया