९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ ।

एक समारोहकाबीच हिलटेक समूहले यस सहयोगको घोषणा गर्दै नेपालको पुनर्निर्माण तथा विकास यात्रामा आफ्नो निरन्तर समर्थन रहने स्पष्ट पारेको छ ।

समारोहमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको उपस्थिति रहेको थियो ।

सन् १९९२ देखि पाइप तथा पानी ट्याङ्की निर्माण गर्दै आएको हिलटेक समूहले विगत तीन दशकदेखि सडक डिभाइडर, डस्टबिन लगायतका सामग्रीहरू पनि सामाजिक सहयोग स्वरूप देशका विभिन्न स्थानमा उपलब्ध गराउँदै आएको छ ।

धार्मिक पर्यटन प्रवद्र्धनमा समेत समूहले विशेष योगदान दिँदै आएको छ । भक्तपुरको साँगास्थित विश्वकै अग्लो १४३ फिटको कैलाशनाथ महादेव मूर्ति र पोखराको पुम्डिकोटमा रहेको ५० फिट अग्लो शिव मूर्तिको निर्माण हिलटेक समूहकै पहलमा सम्पन्न भएको हो । यी धार्मिक संरचनाहरूले स्थानीय पर्यटन र अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पारिरहेका छन् ।

समूहका अध्यक्ष कमल जैनका अनुसार, ‘यी सबै योगदानहरू भगवान् पशुपतिनाथको आशीर्वाद र सम्पूर्ण नेपाली दाजुभाइ–बहिनीहरूको सहकार्यले अझ प्रेरणादायी बन्ने विश्वास लिएको छु ।’

हिलटेक समूहको पछिल्लो सहयोगलाई सामाजिक उत्तरदायित्वको उदाहरणीय नमूना मानिएको छ । समूहले आगामी दिनहरूमा पनि राष्ट्र निर्माणमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको