Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधामवासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण

रातो कागज
2 घण्टा अघि

जनकपुर । जेनजी आन्दोलनको क्रममा सहिद भएका युवा तथा सम्पूर्ण व्यक्तिहरुकोप्रति जनकपुरधामवासीले सामूहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार साँझ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी जनकपुरधामवासीले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन ।
जनकपुरधामका स्थानीय, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता,मधेश प्रदेशका नेता, सांसद, सञ्चारकर्मीहरु र सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको हो । सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै शहीद आत्माको शान्तिको कामना गरेका थिए ।
जनकपुरधाम घुम्न आएका पर्यटकहरु पनि श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । यो पहिलो पटक सम्पूर्ण जनकपुरवासी एक भएर यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया