News and Updates
6 घण्टा अघि

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको क्रममा घाइते प्रहरी तथा नागरिकको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
बुधबार नेपाल प्रहरी अस्पतालमा पुगेर उनीहरुले उपचाररत घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया