रातो कागज
4 घण्टा अघि

काठमाडौँ, ३१ भदौः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेकी अस्पताल व्यवस्थापनले जनाएको छ ।
आँखाको उपचारका क्रममा तीन महिनाअघि उनीको मोतिबिन्दु आँखाको नानीमा जालो पर्ने एक रोग को शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आएकी तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया