८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

सार्वजनिक यातायात सञ्चालनका लागि सहज वातावरण बनाउन माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् ।

मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी सेवा दिन तयार छौं, सुरक्षाको कुरा क्लियर हुनुपर्छ । सरकारलाई अनुरोध गर्दछु जलेकै ठाउँबाट सेवा दिनुपर्छ । चाडपर्वको समयमा जनताको ध्यान सार्वजनिक यातायात क्षेत्रमा नै हुन्छ । त्यसकारण गाडी आवतजावत गर्ने सहज वातावरण बनाउनुपर्छ ।’

उनले सडक विभाग मुग्लिङका खाल्डाखुल्डी पुर्न जानुपर्ने भन्दै दाउन्नेमा केही हेभी इक्युमेन्ट राख्नुपर्ने सुझाव दिए ।

उनले चाडपर्वको समयमा सार्वजनिक यातायातका टिकट काट्न गाह्रो हुने भन्दै अहिले घर जान मिल्नेहरु गइहाल्न अनुरोध गरे ।

‘हामी संयमित र जिम्मेवार छौं । हामीले विषम परिस्थितीमा पार लगाएका छौं । यस पटक पनि पार लगाउँछौ । यतिबेला गाडीहरु खाली छन् । काम नभएका आन्दोलनबाट प्रभावित भएका जान मिल्नेहरु अहिले गइदिनुहो भन्न चाहन्छु,’ उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि