६ माघ २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार

चितुवाले आक्रमण गर्दा एकजनाको मृत्यु

नेपालगञ्ज, ३१ भदौः यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताए । सो घटनापछि स्थानीय आतङ्कित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उनले बताए ।

हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ”, उनले भने । मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई रु। १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि