रातो कागज

बाजुरा । सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न र गुणस्तरीय बसपार्क नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ ।
बसपार्क निर्माण नहुँदा सडकको छेउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता छ ।
सडकको जताततै गाडी पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने जथाभावी पार्किङले सदरमुकामको अवस्था पनि नराम्रो देखिने गरेको छ ।
सडक कालोपत्रे भएर मार्तडीसम्म गाडी गुड्न थालेको लामो समय बितिसक्दा पनि उचित किसिमको बसपार्क निर्माण हुन नसक्दा सडकलाई नै बसपार्कको रुपमा लिनुपर्ने बाध्यता रहेको हो ।
पाल्तमा निर्माण गरिएको बसपार्कमा सबै गाडीहरु नअटाउने भएकाले अहिले मार्तडीमा गाडीहरु सडकको छैउमै राखिदै आएको छ ।
साँफे–मार्तडी राजमार्गअन्तर्गत बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएपनि अहिलेसम्म बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गरिदै आएको पवनदूत मार्तडी काउन्टर इन्चार्ज सन्तोष डँडालले बताए ।
सदरमुकामको तालीबाट, नेपाल टेलिकमदेखि तुफानडाँडा हुदै दुनिहाट बजारसम्म बस पार्ककै रुपमा सवारी साधान पार्किङ गर्ने गरिएको छ ।
काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारीसाधन सडकको छेउमै राख्नुपर्ने बाध्यता जस्ताको त्यस्तै रहेको छ ।
मार्तडीमा विगत एघार वर्षदेखि यहाँ आउने सानाठूला सबै सवारी साधानलाई दैनिक पार्किङ्ग गर्न समस्या हुँदै आएको छ ।
अब्यबस्थित गाडी पार्किङले समस्या उत्पन्न भएकोले प्रशासनले एक बर्ष अघि पानीपातल बाहेक अन्य सदरमुकाकको कुनैपनि ठाँउमा गाडीहरु पार्किङ गर्न नपाइने निर्णय गरेको थियो तर उक्त निर्णय कागजको पानामा सिमित बनेको छ ।
पाल्तमा अघिल्लो नगर सरकारले करिब ६० लाख बढी खर्च गरेर बसपार्क निर्माण गरेको थियो ।
अघिल्लो नगर सरकारको पहलकदमी बाट बसपार्क निमार्ण भए पनि त्यहाँ सबै गाडी नअट्ने भएकाले गाडी पार्किङ्को लागि बाउलीमा बसपार्क निर्माण गर्ने पहल भइरहेको बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
ठूला सवारी साधनका लागि जमिन खरिद गरेर स्थायी रूपमा बाउलीमा बसपार्कको निर्माण गर्ने कार्य भइरहेको खड्काले बताए ।
बाउलीमा निर्माण हुने भनिए पनि बन्ने कुनै सुरसार भने देखिदैन् । सदरमुकाममा २०७० सालबाट बस सेवा सुचारु भएपनि अहिलेसम्म बसपार्क बन्न सकेको छैन् ।
जसले गर्दा दैनिक गाडी पार्किङ्कको लागि समस्या हुँदै आएको छ । ब्यबस्थित गाडी पार्किङको लागी बसपार्क नहुँदा अहिले दुर्घटनाको जोखिम समेत बढेको जिल्ला ट्राफिक कार्यालय बाजुराले जनाएको छ ।
जिल्लामा ब्यवस्थित बसपार्क निर्माण नहुँदासम्म यो समस्या यथावत रहने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख (डिएसपी) ईकवाल हवारीले बताए ।
प्रहरीले गाडी हटाउन खोज्यो भने गाडी ब्यसायिहरु बसपार्क छैन्,हामी कता लगेर पार्क गर्ने भनेर उल्टै जवाफ दिन्छन्,अनि बाध्य भएर सडकमै पार्किङ गर्न दिनु परेको (डिएसपी) हवारीले बताए ।
यतिबेला नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभदिपावली नजिकिएको छ, जिल्ला भित्रिने मानिसहरुको संख्यामा पनि बृद्धि हुदै गइरहेको छ ।
दिनहुँ धेरैको संख्यामा मानिसहरु जिल्ला सदरमुकाम मार्तडी हुँदै जाने गरेका छन् । जिल्ला भित्रिने मानिसको संख्यामा बृद्धि भएसंगै अहिले झन सदरमुकाममा गाडीहरु पार्किङको लागी समस्या हुँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया