६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी कञ्चनपुर, २९ भदौः नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ ।

भारतीय सीमासुरक्षा बल एसएसबीले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायात समेत सञ्चालनमा आएको छ ।

यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आज नाकासम्मै यातायात सञ्चलनमा आएका छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, “नेपाल–भारत मैत्री बस नेपाल भित्रिएका छन् । आजदेखि भारतीय सीमासुरक्षा बल एसएसबीले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमासुरक्षा बल एसएसबीले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि