२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

एकीकृत समाजवादी बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश

२ पुस, काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश भएको छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।

सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए । उनले समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको र प्रस्ताव उपर आज छलफल भएको बताए ।  उनले प्रस्तावमाथिको छलफल मंगलबारको सचिवालय बैठकमा पनि जारी रहने बताए ।

उनले भने, ‘बैठकमा पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष कमरेड वेदुराम भुषालको संयोजकत्वमा महासचिव कमरेड घनश्याम भुसाल र उपमहासचिव कमरेड प्रकाश ज्वाला तीन सदस्यीय एउटा विधान संशोधन कार्यसमिति बनेको थियो । त्यही समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भयो । प्रस्ताव उपर आज छलफल भयो र आफ्नो विचार राख्ने काम भएको छ । बैठक भोलि पनि जारी रहन्छ ।’

उनले सचिवालय बैठक मंगलबार पनि जारी रहने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि