रातो कागज
4 घण्टा अघि

काठमाडौं — नेपाल बीमा प्राधिकरणले आज (आइतवार) देखि सबै बीमा कम्पनी र तिनका सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले केही जेनजी आन्दोलनका कारण सिर्जना भएका विषम परिस्थितिहरू सामान्य हुँदै गएकाले कार्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।
प्राधिकरणले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न समेत निर्देशन दिएको छ । यसअघि प्राधिकरणले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दावी भुक्तानीलाई सहज र सरल बनाउन पनि आदेश जारी गरिसकेको थियो ।
साथै प्रशासनले कफ्र्यू र निषेधाज्ञा हटाइरहेका कारण अब बीमा कम्पनीहरू नियमित रुपमा सेवा दिन सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया