१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पोखरा जाँदै गरेको बस दुर्घटनामा १८ यात्रु घाइते

१ पुस, दमौली (तनहुँ) । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका  २१ वर्षे सबिता सुनार,  १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन् ।
त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका  ४० वर्षे सुरन राई, व्यास नगरपालिका वडा नं २ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र  २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।
साथै भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, सात वर्षे नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीका  ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र आठ वर्षे पूर्णिमा भट्टराई छन् ।
घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि