८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने

खाँदबारी सङ्खुवासभा, २६ भदौः देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ ।

नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय तथा मातहतका निकायहरू बिहीबार र शुक्रबारसम्म बन्द रहने जनाएको छ ।

सेवाग्राहीलाई यस अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नगरप्रमुख महेश थपलियाले संयमित र धैर्य रहन नगरवासीलाई अपिलसमेत गरेका छन् । आन्दोलनका कारण उत्पन्न चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेकाले अवस्था सहज भएसँगै आइतबारदेखि सेवा दिइने उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि