८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

काठमाडौं ।  नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन गरिएपछि विभिन्न स्थानहरूमा विध्वंसात्मक र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।

सरकारी स्रोतका अनुसार, भदौ २४ गते राति १० बजेदेखि देशभर सुरक्षा व्यवस्था कडा बनाइएपछि भोलिपल्ट बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानहरूमा लुटपाट, आगजनी र जीउधनको क्षति पु¥याउने मनसायले गरिएको हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

सुरक्षाकर्मीहरूले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेका छन् ।

यस्तै, काठमाडौंका विभिन्न स्थानहरूबाट २३ थान हतियार तथा पोखराबाट ८ थान हतियार बरामद गरिएका छन् । यसरी बरामद गरिएका हतियारहरूको सङ्ख्या ३१ नाल पुगेको छ, जसमा म्यागजिन र गोलीगठ्ठा समेत रहेका छन् ।

साथै, तीनवटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रणको प्रयास जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

हिंसात्मक घटनामा २३ जना नेपाल प्रहरीका सदस्यहरू घाइते भएका छन् भने तीनजना सर्वसाधारण पनि घाइते भएका छन्  । उनीहरूको नेपाली सेनाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई संयमता अपनाउन आह्वान गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि