९ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालमा संसद विघटन गरे बङ्गलादेशको हालत हुन्छ : शंकर तिवारी

काठमाडौं । राजनीतिक विश्लेषक एवम कांग्रेस नेता शंकर तिवारीले संसद विघटन गर्ने र संविधान कुल्चने काम गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजालमार्फत उनले भने,‘संसद्लाई अन्देखा गरेर अन्तरिम सरकार गठन गर्ने हो भने बङ्गलादेशको हालत हुन्छ । बङ्गलादेशमा १३ महिनासम्म चुनाव हुन सकेको छैन । नेपाली सेनालाई पनि लामो समयसम्म त्यस्तो अवस्था  गल्पासो साबित हुनेछ ।’

त्यस्तै उनले ठूलो दुःखले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भएको र त्यो पनि संविधान सभाले लेखेको संविधान भएको औंल्याउँदै शान्ति सुरक्षा कायम गर्न सहयोग गर्नुपर्ने पनि बताएका छन् ।

उनले लेखेका छन्,‘खबरदार ! खबरदा !! खबरदार !!!

१.६२।६३ को त्यत्रो शान्तिपूर्ण जनआन्दोलनपछि त संसद पुनस्थापना गरिएको थियो । सबै पक्ष सर्वपक्ष हट्ने एउटा संवादको थलो अर्थात् संसद चाहिन्छ।

संसद्लाई अन्देखा गरेर अन्तरिम सरकार गठन गर्ने हो भने बङ्गलादेशको हालत हुन्छ । बङ्गलादेशमा १३ महिनासम्म चुनाव हुन सकेको छैन ।  नेपाली सेनालाई पनि लामो समयसम्म त्यस्तो अवस्था  गल्पासो साबित हुनेछ ।

२.संसद विघटन गर्ने र संविधान कुल्चने  दुसाहस नहोस्  ।

३.ठूलो दुःखले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । त्यो पनि संविधान सभाले लेखेको संविधान हो।

४. देशका दलित उत्पीडित महिला आदिवासी जनजाति कर्णाली मधेश फेरि जाग्नु नपरोस् ।

५. राष्ट्रिय सम्पत्तिको सर्वविनाश भइसकेको छ। शान्ति सुरक्षा कायम गर्न सहयोग गरौं।  जनजीवन सामान्य बनाउन पहल गरौं।

६. धैर्य गरौँ, सयमित रहौँ। खबरदारी गर्दै रहौँ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि