१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार

कारागारको पत्रपछि रवि लामिछानेको भनाइ : पद होइन, जनताको भरोसा चाहिन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफू कुनै पनि राजनीतिक पदप्रति लोभ, आशा वा दौडधुप नरहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो संदेश जारी गर्दै उनले नागरिकलाई सम्बोधन गरेका हुन्।

लामिछानेले भनेका छन् – “मलाई अहिले कुनै राजनीतिक पद चाहिएको छैन, म कुनै पदका लागि लडिरहेको पनि छैन।”

उनले हालै कारागार प्रशासनले शशकुन्तलाको सहयोगमा रिहाइ गर्ने निर्णय गरेको पत्र प्राप्त भएको भन्दै यो केवल कानुनी प्रक्रियाको हिस्सा भएको बताएका छन्। साथै, कानुनलाई कमजोर नबनाई सही प्रक्रियाबाट अघि बढाउन आफू सधैं तयार रहेको उल्लेख गरेका छन्।

लामिछानेले थपे – “नागरिकको भरोसाको कारण म यहाँसम्म आएको हुँ, त्यसैले कुनैपनि स्वार्थका लागि होइन, जनताको चाहनाअनुसार अघि बढ्न तयार छु।”

उनले नागरिकलाई संयम र धैर्य अपनाउन आग्रह गर्दै भने – “अवकी नागरिक सरकार जेन्जीको चाहना बमोजिम हुनु पर्छ, कानुनी प्रक्रिया नै हाम्रो सबैभन्दा ठूलो आधार हो।”

रवि लामिछानेको यो अपिललाई सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरैले उनको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छन् भने कतिपयले सरकार र कानुनप्रति प्रश्न उठाएका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि