Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मङ्गलबार बिहान ५ बजेसम्म कर्फ्यू निरन्तर

रातो कागज
11 घण्टा अघि

काठमाडौँ, २४ भदौः जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गर्नुभएको आदेशमा शीतल निवास ९राष्ट्रपति कार्यालय० महाराजगञ्ज क्षेत्र, हरितगृह ९उपराष्ट्रपति कार्यालय० लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यू जारी रहनेछ ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम सोमबारदेखि २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया