८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं ।  आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शन स्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको छ । जसका लागि अवस्था हेरेर सुरक्षाकर्मीहरु तैनाथ गरिने बोहराले नेपाल न्यु बैंकलाई जानकारी दिए ।

उनले भने, ‘भ्रष्टाचारविरुद्धको प्रदर्शन स्थलमा सुरक्षा व्यवस्था मिलाउनका लागि हामी अवस्था हेरेर प्रहरी परिचालन गर्ने छौं । अहिले लगभग यति भनेर  भन्न सक्ने अवस्था छैन । के कस्तो हुन्छ त्यसरी सुरक्षा व्यवस्थापन गरिनेछ ।’

सुरक्षाका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि खटाइनेछन् । प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ ।

भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिनेछ । सुरक्षा संवेदनशीलताका कारण परिचालित गरिने सुरक्षाकर्मीको सङ्ख्या सार्वजनिक गरिएको छैन ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको