८ पुष २०८२, मंगलवार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

कोशीका सहरमा पनि जेनजीको आन्दोलन

कोशी । सोमबार काठमाडौंको माइतीघर सहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।

जसअन्तर्गत कोशी प्रदेशको विराटनगर, इटहरी सहितका प्रमुख सहरमा पनि यो पुस्ताले आन्दोलन गर्ने भएको छ ।

सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने छ भने, विराटनगरमा पनि सनसारीमाइस्थानदेखि सिडियो कार्यालयसम्म आन्दोलन गरिने जनाइएको छ ।

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए । जसको राजनीतिक दलदेखि संघसंथासम्मले समेत साथ दिइरहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि