१३ फाल्गुन २०८२, बुधबार
समाचार समाज सूचना प्रविधि

सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

२९ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ ।

वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ ।

वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् ।

नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या नयाँ भने होइन । यसअघि पनि पटक–पटक यस्ता समस्या भइरहेका छन् । यसबाट सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकार गम्भीर नभएको देखाउँछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि