News and Updates

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत पेस गर्न रोक लगाएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा उनले पेस गर्न चाहेका थिए ।
कार्यसूचीमा राखेर पनि आफ्नो फरक मत पेस हुन नदिएको थापाले बताए ।
विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए ।
अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने र समूहमा कुरा राख्न सक्ने छन् । थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राख्ने भएका छन् ।
आज दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् ।
समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया