८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि भएको बताएकी छिन् । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उनले बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिन नहुँने बताइन् ।

उनले भने ‘बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।’

हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको उनले बताइन् ।

मन्त्री डा. राणाले नेपालमाा यस क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताउँदै यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको बताइन् ।

नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको र १६औँ आवधिक योजनाले पहिलोपटक हेरचाहलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको पनि उनले बताइन् । मन्त्री डा. राणाले हेरचाहमा गरिने लगानीलाई खर्चका रुपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रुपमा हेरिनुपर्ने बताउँदै स्वास्थ्य र शिक्षा हेरचाहमा रहेको अहिलेको अभावलाई पूरा गर्न सके नेपालमा लाखौँ नयाँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा पनि ६० प्रतिशत महिलाहरूकै पक्षमा रहने अध्ययनहरुले देखाएको स्पष्ट गरिन् ।

सीमित पूर्वाधार, दक्ष हेरचाहकर्मीको अभाव र जनचेतनाको कमी यस क्षेत्रका चुनौती रहेका र सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गरेर चुनौतीको सामना गर्न सकिने उनले बताइन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको