८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति

सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटालेसामाजिक सञ्जालहरु बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका छन् ।

बिहीबार पदाधिकारी बैठकपश्चात उनले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको भन्दै यसमा गम्भिरतापूर्वक अध्ययन गरेर धारणाहरु सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘सामाजिक सञ्जालको बारेमा सरकारले निर्णय गरेको छ । नियमन त गर्नुपर्छ, तर सरकारका सम्पूर्ण निर्णयहरुको सारको अध्ययन गर्दा र सरकारका सम्पूर्ण अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको छ । यसमा हामी निकै गम्भिरतापूर्वक अध्ययन गर्दैछौँ । अध्यन सकेपछि हामीले हाम्रो धारणाहरु राख्ने नै छाँै । तर अहिले हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर सरकार लागेको छ कि,’

साथै, उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होईन जस्तो लागेको पनि बताए ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।