८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

वडामै राष्ट्रिय परिचय पत्रको सेवा

काभ्रेपलाञ्चोक, १९ भदौ : सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा अभियान सञ्चालन ग¥यो । पनौती नगरपालिकाले बुधबारदेखि १० दिनको शिविर आयोजना गरी सेवा सुरु गरेको छ ।

तेमालको शिविरबाट ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अपाङ्गता भएका व्यक्तिले निकै ठूलो राहातको महसुस गरे । एक साताको अभियानमा २ सय २४ लक्षित वर्गले सेवा लिएको गाउँपालिकाले जनाएको छ । नागरिकलाई घरदैलो सेवा अभियान’लाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए । उनका अनुसार बृद्धबृद्धा तथा अशक्तलाई सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको हो ।

नागरिकलाई स्थानीयस्तरमै सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नविनतम् कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाउँदै गरेको थोकरको भनाई छ । तेमाल–६ निबासी ७५ वर्षीया वृद्धा धनमाया तामाङले आफु टाढासम्म जान निकै कठिन हुने भएकाले वडाकै टोलमा आएर परिचयपत्र बनाउन पाउँदा अब भत्ता नरोकिनेमा खुसी व्यक्त गरे । उक्त अभियानका कारण विशेष गरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्रही उत्साहित देखिएको जनाइएको छ ।
यसअघि तेमालले गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिएको थियो । विशेषगरी सामाजिक सुरक्षा भत्ता बितरण एवं परिचयपत्र नविकरण गर्नुपर्ने काठमाडौ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत ५ सय ९१ नागरिकलाई सेवा दिएको थियो ।

यस्तै बुधबारदेखि पनौती नगरपालिकाले १० दिने शिविरमार्फत सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवाग्राहीलाई लक्षित गरी वडा नं १ बाट सेवा सुरु गरेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र निर्माणलाई प्राथमिकता दिई शिविर सञ्चालन सुरु लागिएको नगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि