२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ ।

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन सुरु गरेको हो ।

महानगरपालिकाले सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार विहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडिबुटी र कोटेश्वर क्षेबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीले जानकारी दिए ।

महानगर प्रहरीले अनुगमनका लागि १०÷१० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ ।

एसपी जोशीले भने ‘अनुगमन गर्दा पसलमा सूर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारवाही हुनेछ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि