८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए ।

उनले लेखेका छन्,‘नेपाली लोकगीतमा तामाङ सेलो  काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनें । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

उनको ५९ वर्षको उमेरमा क्यान्सरका कारण  ललितपुरस्थित आपार्टमेन्टमा निधन भएको हो ।  उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी थिइन्। इन्दिराले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विविध भाषाका गीतहरू गाएकी छिन्।

 

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको