१० फाल्गुन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार

भोजपुरमा सुन्तलामा फल झर्ने रोग

भोजपुर, १८ भदौः सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।

सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिनुभयो । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उनको भनाइ छ । सुन्तलामा पछिल्लो समय फल झर्ने समस्या देखिएको छ”, उनले भने, भेट्नो कुहिएर फल झरिरहेको छ, सुन्तलाको फल झर्ने रोगले चिन्तित बनाएको छ ।

गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछला लगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ । सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताए । फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनको भनाइ छ । गत वर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ ।

फल झर्ने रोगले बगान नै खाली हुने अवस्था छ, उनले भने, गत वर्ष रु १० लाखको सुन्तला बिक्री गरेकी थिए, फल झरेका कारण यस वर्ष उत्पादन घट्ने चिन्तामा छु । आफ्नो बगानमा साना ठूला गरी करिब ७०० बोट सुन्तला रहेको उनको भनाइ छ ।

भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताए। राज्यले रोगको निराकरणको लागि ध्यान दिन आवश्यक रहेको उनले बताए । प्रायः यहाँका सबै किसानको सुन्तला बगैँचामा फल खस्ने रोग देखिएको उनले जानकारी दिए ।

सुन्तलामा विभिन्न खालका रोग देखिँदा हामी किसान समस्यामा छौँ”, उनले भने, राज्यले रोगको पहिचान गरिदिए हुने थियो, रोगको पहिचान भएमा हामी आफैँ औषधि किनेर लगाउन तयार छौँ, यही समस्या रहेमा बगान नै सखाप हुने अवस्था छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि