११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्प अनुभव

काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्री उत्तर अक्षांश र ७०.८१ डिग्री पूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो ।
प्रारम्भिक भूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनि अनुभव गरिएको छ । सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलका भूकम्प पराकम्पको रूपमा गएका छन् । यीमध्ये ५ रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमा भएको हुँदा थप शक्तिशाली महसुस गरिएको बताइएको छ ।
विशेषज्ञहरूको भनाइमा सतह नजिक अर्थात् मध्यम गहिराइका भूकम्पहरू बढी जोखिमपूर्ण हुने गर्छन् । यसले जमिनमा तीव्र कम्पन उत्पन्न गर्ने भएकाले संरचनागत क्षति र जनधनको हानीको सम्भावना उच्च हुने गर्दछ ।
अफगानिस्तान भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र हो । हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । अफगानिस्तान भारतीय र युरेसियन प्लेटबीचको मुख्य भूकम्पीय धर्कामा रहेको छ भने हेरात हुँदै प्रमुख भ्रंशरेखा गुज्रिएको छ ।
एएनआई

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि