७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

यी जिल्लामा भारी वर्षा,सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका वभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोमबार सूचना जारी गर्दै विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवनलगायत क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्कीलगायत क्षेत्र, कर्णाली  प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी, डढेलधुरा, कञ्चनपुरलगायत क्षेत्रमा  मध्यमदेखि भारी वर्षा भएको जनाएको हो ।

वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी सुदूरपश्चिम प्रदेशका भूभागमा अझै  मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि