४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीन र भारत प्रतिद्वन्द्वी होइनन्, साझेदार हुन्

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र भारत प्रतिद्वन्द्वी नभई सहयोगी साझेदार देश भएको औंल्याएका छन् । उनीहरुले दुई देश एकअर्काको लागि खतरा नभई विकासका अवसर भएको बताए ।

आइतबार र सोमबार हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलन २०२५ अघि दुई नेताहरू उत्तरी चिनियाँ बन्दरगाह शहर तियानजिनमा भेटेका थिए।

सीले गत वर्ष मोदीसँग भएको सफल भेटघाटको स्मरण गरे । उक्त भेटले चीन–भारत सम्बन्धलाई पुनस्र्थापित गर्न र नयाँ सुरुवात गर्न सक्षम बनाएको साथै दुई देशहरू बीचको आदानप्रदान र सहयोगले नयाँ प्रगति गरेको स्मरण गरे ।

चीन र भारत प्राचीन सभ्यताहरू, विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका देशहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यहरू हुन् भन्ने कुरा उल्लेख गरे । सीले दुई देशले दुई जनताको कल्याणमा सुधार गर्ने, विकासशील देशहरूको एकता र पुनरुत्थानलाई प्रवद्र्धन गर्ने र मानव समाजको प्रगतिलाई अगाडि बढाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने बताए ।

चीन र भारतले राम्रो सम्बन्धमा छिमेकी बन्नुपर्छ र एकअर्कालाई सफल हुन मद्दत गर्ने साझेदार बन्नुपर्छ भन्ने सीको धारणा थियो ।

यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सव भएको कुरा उल्लेख गर्दै सीले दुई देशले द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्न र सम्हाल्न आवश्यक रहेको बताए ।

यता, मोदीले भारत र चीन प्रतिद्वन्द्वी नभइ साझेदार रहेको र सहमति असहमतिभन्दा धेरै माथि रहेको उल्लेख गरे । उनले भारत द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्न र विकास गर्न तयार रहेको उल्लेख गरे ।

मोदीले पारस्परिक विश्वास, सम्मान र संवेदनशीलताको सिद्धान्तमा चीनसँगको सम्बन्धलाई अगाडि बढाउने भारतको प्रतिबद्धता रहेको उल्लेख गरे ।

उनले गत वर्षको कजान वार्तापछि भएको प्रगतिको उल्लेख गर्दै जसमा सीमा विच्छेदन, कैलाश मानसरोवर तीर्थयात्रा मार्ग पुनः खोल्ने र प्रत्यक्ष उडानहरू पुनः सुरु गर्ने विषय उठाएका थिए ।  (एएनआइ÷सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि