२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

खेलाडी रानाको उपचारमा आर्थिक अभाव

दमौली तनहुँ, १५ भदौः जिल्लाको देवघाटमा वाइसिएलद्वारा आयोजित फुटबल प्रतियोगितामा घाइते भएकी शुक्लागण्डकी नगरपालिका–१० की ममता रानाको उपचारका लागि रकम अभाव भएको छ फुटबल खेल्दा खुट्टा भाँचिएपछि चितवनस्थित देव अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया सम्पन्न भएपनि अस्पताललाई रु एक लाख ४५ हजार तिर्न बाँकी रहेको परिवार स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकाले अस्पताललाई उधारो चेक दिइएको छ । केही दिनभित्र तिर्ने शर्तमा राना हाल घर फर्किएका छन् ।

परिवारको आयआर्जनको माध्यम नभएपछि उक्त रकम कसरी तिर्ने चिन्ता लागेको रानाले बताए। उनले भने, अस्पताललाई रकम कसरी तिर्ने भन्ने भन्ने चिन्ता लागेको छ । नियमित जाँचका लागि जानुपर्दा पनि पैसा छैन । खेलाडीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या हुने उनको गुनासो छ । रानाले तनहुँको प्रतिनिधित्व गर्दै भलिबल र फुटबल खेलिसकेका छन् ।

दमौलीका खेलाडी गङ्गा गुरुङसहित साथीहरूले रु २० हजार ५०० सङ्कलन गरी रानालाई हस्तान्तरण गरेका छन् । सामाजिक अभियान्ता सुदीप गफ्फारले खेलाडीलाई राष्ट्रका गहना भनिए पनि समस्यामा पर्दा सहयोग नगरिएकामा गुनासो गरे ।

उनले भने, “अहिले रानालाई उपचारका लागि सहयोगको आवश्यकता छ । आफ्नो ठाउँलाई चिनाउनेका लागि सपनाहरू मारेर लागिपरेका ममता रानालाई साथ सहयोग र माया गरिदिन हामी सबैमा हार्दिक अनुरोध गर्दछौँ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि