२८ माघ २०८२, बुधबार
अर्थ कर्पोरेट बागमती मुख्‍य समाचार समाचार

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल इस्योर रेटिङ प्रदान गरेको छ । जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।

यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओको बाँडफाँड भइसकेको छ । कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि