१० फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

पोखरामा घरनिर्माण फेस्ट सम्पन्न

काठमाडौं । सुरक्षित र दिगो घर कसरी बनाउने लगायत सम्पूर्ण सेवाहरु एउटै छत मुनि समेटेर जानकारी दिने उदेश्यका साथ पोखरामा आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ सम्पन्न भएको छ ।

स्किल सेवाको आयोजनामा पोखरा महानगरपालिका १० स्थित अमरसिंह चौरमा सञ्चालन गरिएको दुई दिने फेष्टको  पोखराका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए । जे गर्छौं नेपालमा गर्छौं भन्ने उदेश्यका साथ स्थापना भएको स्किल सेवाले आयोजना गरेको फेष्ट करीब ६ हजार दर्शकले अवलोकन गरेका छन् ।

फेष्टमा विशेषज्ञ प्राविधिकहरुद्धारा सात सय जनालाई घर निमार्णका सम्बन्धमा निशुल्क परामर्श समेत दिईएको आयोजकले जनाएको छ ।

निमार्णका क्रममा दक्ष जनशक्ति र प्रविधिको प्रयोगले घर मजबुत र टिकाउ बन्ने आयोजक शताक्षी मिश्रले जानकारी दिए । उनका अनुसार प्रत्येका मानिसका लागि घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति रहेकाले यसलाई भरपर्दो, सुरक्षित र दिगो कसरि बनाउने भन्नेमा आवश्यक परामर्श दिईएको हो ।

फेष्ट मार्फत घर निमार्ण गर्दा खर्च कम गर्ने उपाएहरुको बारेमा जानकारी सँगै कस्तो खालको सिमेन्ट प्रयोग गर्ने, कस्तो इट्टा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने भन्ने बारेमा समेत जानकारी समेत दिइएको थियो ।

मजदुर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र समापन सम्मको स्टेप–बाइ–स्टेप प्रकृयाका बारेमा समेत जानकारी दिईएको मिश्रले बताए ।

अर्का सञ्चालक समन कुँवरले घर निर्माणमा सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु साथै घर निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको बारेमा सर्वसाधारण एंव सरोकारवालाहरुलाई जानकारी दिने मुख्य उदेश्य सहित फेष्ट आयोजना गरिएको बताए ।

फेष्ट मार्फत आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुर्याएको उनले बताए ।

आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरुको प्रस्तुति सँगै लगानी जुटाउने र साझेदारीका अवसरहरु समेत फेष्टमार्फ उजागर गरिएको उनको भनाई छ । फेष्ट मार्फत समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा आयोजकको रहेको कुँवरले जानकारी दिए ।

स्किल सेवाका सीइओ रमेश तिमिल्सिनाका अनुसार फेष्टमा विभिन्न निर्माण सम्बन्धी कम्पनिहरु, बैकं लगायतका गरि ३२ वटा स्टल रहेका थिए । फेष्टमा इन्टेरियरका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराईएको, घर निमार्ण गर्दा आवश्यक कुरा मात्र राख्दा खर्च कम हुने लगायतका जानकारी समेत दिईएको उनले बताए । फेष्ट मार्फल घर निमार्ण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने भन्ने कुराको जानकारी सर्वसाधारण सगै सरोकारवालाहरुलाई दिईएको तिमिल्सिनाले बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि