६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

२५ किलो गाँजासहित सर्लाहीका ब्लोन पक्राउ

रौतहट । सर्लाही प्रहरीले लागुऔषध गाँजा २५ किलोसहित एक युवकलाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले २० वर्षीय सन्ते ब्लोनलाई पक्राउ गरेको हो ।

लालबन्दी नगरपालिका–१४, नारायणखोला कामीटार बस्ने ब्लोनसहित मोटरसाइकल र झोला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए

उनका अनुसार नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्वरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजेपछी प्रहरीले पछ्याउँदै गएको हो ।

मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतैखेत भागेका युवकमध्ये कामीटारका ब्लोनलाई पछ्याउँदै जाँदा पक्राउ गर्न सफल भएको र अर्का युवक फरार भएको उनले जानकारी दिए ।

प्रहरीलाई देखेपछि युवकहरुले फालेको झोला भित्रबाट पाँचवटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ । यस विषयमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि