२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री दहालले बिहीवार काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्त्री दाहालले निर्धारित समयभित्र नै सडक बिस्तारको काम सक्न निर्देशन दिएका छन्  । योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ ।

उद्घाटनमा सडक बिभागका महा निदेशक डा.विजय जैशी, एडीबि परियोजना प्रमुख चुडाराज ढकाललगायत बिभागका अधिकारीहरुको सहभागिता रहेको थियो । ८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि